विश्वकै पहिलो बिटक्वाइन शहर बनाइने, ज्वालामुखीबाट बिजुली आउने, कर तिर्नु नपर्ने – Dcnepal

विश्वकै पहिलो बिटक्वाइन शहर बनाइने, ज्वालामुखीबाट बिजुली आउने, कर तिर्नु नपर्ने

काठमाडौं। दक्षिण अमेरिकी देश एल साल्भाडोरले विश्वकै पहिलो बिटक्वाइन शहर बनाउने घोषणा गरेको छ । एल साल्भाडोरका राष्ट्रपति नइब बुकेलेले यस्तो घोषणा गरेका हुन् । यो शहरले एक ज्वालामुखीबाट ऊर्जा पाउनेछ र यसको लागि लाग्ने पैसा बिटक्वाइन बोन्टबाट आउनेछ । राष्ट्रपति बुकेलेका अनुसार यो शहरमा आवासीय र व्यवसायिक क्षेत्र, सेवाहरु, संग्रहालय, विमानस्थल, बन्दरगाह, रेल र मनोरञ्जन जस्ता हरेक कुराको सुविधा हुनेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति बुकेलेले शनिबार बिटक्वाइन र ब्लकनेन सम्मेलनमा यो घोषणा गरेका हुन् । विगत २ दशकदेखि अमेरिकी डलरलाई आफ्नो मुद्रा मान्दै आएको एल साल्भाडोर बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश हो । बुकेलेका अनुसार यो बिटक्वाइन शहर र यहाँ हुने बिटक्वाइन माइनिङलाई कोंचागुआ ज्वालामुसीबाट ऊर्जा प्राप्त हुनेछ ।

बिटक्वाइन माइनिङ एक प्रक्रिया हो जसमा कम्प्युटरको सहयोगमा गणितीय चुनौतीहरु सुल्झाएर नयाँ बिटक्वाइनको निर्माण गरिन्छ । यो पूरै प्रक्रियामा ठूलो परिमाणमा ऊर्जाको आवश्यकता हुन्छ । एल साल्भाडोरमा केही ऊर्जा जियोथर्मल प्लान्टबाट आउँछ जसले टेकापा ज्वालामुखीबो सहयोगबाट ऊर्जा उत्पादन गर्छ । राष्ट्रपतिले यो शहरमा कार्बनको उत्सर्जन शुन्य हुने र यो पूर्ण रुपमा पर्यावरणीय शहर हुने बताएका छन् ।

उनका अनुसार शहरलाई पहिले टेकापा प्लान्टबाट चलाइनेछ तर पछि कोंचागुआ प्लान्टलाई सुरु गरिनेछ । यो परियोजनाको खर्चको लागि एल साल्भाडोरले १ अर्ब डलरको बिटक्वाइन बोन्ड २०२२ मा जारी गर्नेछ । ब्लकस्ट्रिमका मुख्य रणनीतिकार सामसन मोउले राष्ट्रपतिको साथमा मञ्चमा बिटक्वाइन बोन्डको आधा पैसा ज्वालामुखी ऊर्जामा प्रयोग गरिने घोषणा गरे ।

मोउका अनुसार बाँकी रहेको आधा पैसा शहरको आधारभूत संरचनाको विकासमा खर्च गरिनेछ । उनले भने ‘एल साल्भाडोर विश्वको वित्तिय केन्द्र हुन गइरहेको छ ।’ राष्ट्रपतिका अनुसार यो शहरमा बस्नेहरुले केवल भ्याट मात्र तिर्नुपर्नेछ ।उनले भने ‘यहाँ कुनै आयकर लाग्ने छैन । सधैंको लागि शुन्य प्रतिशत हुनेछ । सम्पत्ति प्राप्ति कर पनि शुन्य हुनेछ । सम्पत्ति कर र पेरोल ट्याक्स पनि लाग्ने छैन ।’ यो शहरको निर्माण कहिले पूरा हुन्छ भन्ने कुनै समयसीमा तोकिएको छैन ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो