एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक, महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई

डिसी नेपाल
६ मंसिर २०७८ १८:०७

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन रोक लगाएको छ । मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न संघला्रई निर्देशन दिएको छ ।

संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै विवाद समाधान गरी महाधिवेशन गर्न निर्देशन दिएको हो ।

संघको स्थगित भएको महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने तय भएको थियो । संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयले संघमा हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । उनले यसको कडा विरोध जनाउने बताएका छन् ।

यसअघि पनि एनआरएनएको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *