जर्मनीमा कोरोनाको चौथो लहरको त्रास, स्वास्थ्य मन्त्रीले दिए अहिलेसम्मकै कडा चेतावनी

डिसी नेपाल
७ मंसिर २०७८ १४:१८
156
Shares

काठमाडौं। जर्मनीका स्वास्थ्य मन्त्रीले बढ्दो कोरोना संक्रमणका बढ्दो केसका बीच सम्भवतः अहिलेसम्मकै सबेभन्दा कडा चेतावनी दिएका छन् । जर्मनीका स्वास्थ्य मन्त्री जेम्स स्पानले सोमबार बर्लिनमा एक संवाददाता सम्मेलनमा उनले भने ‘यो जाडोको मौसमको अन्त्यसम्म जर्मनीमा सबैले खोप लगाउनेछन् । जसले लगाउन पाउँदैनन् उनीहरुको ज्यान खतरामा हुनेछ ।

जर्मनीमा कोरोनाभाइरसको चौथो लहरका कारण एक पटक फेरि डरको माहोल बनिसकेको छ । संक्रमणका केसहरु तीब्र रुपमा बढिरहेका छन् र अस्पतालमा लगातार बेड कम हुँदै गएरहेका छन् । पश्चिम युरोजमा जर्मनीमा सबैभन्दा कम खोपको दर छ । यहाँ केवल ६८ प्रतिशतलाई मात्रै कोरोना खोपको पूरा डोज लगाइएको छ ।

पछिल्लो २४ घण्टामा यहाँ नयाँ संक्रमणका ३० हजार ६४३ केस भेटिएका छन् । अहिलेको समयमा यो विश्वमै सबैभन्दा अधिक दरमध्ये एक हो । कोरोनाभाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै यहाँ कडा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *