कुर्दिस्तानको नेपाली समाज चौथो बार्षिकोत्सव मनाउंदै

डिसी नेपाल
९ मंसिर २०७८ ३:३०

कुर्दिस्तान, इराक । इराकको कुर्दिस्तानमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले चौथो बार्षिकोत्सब मनाउने भएको छ ।
विभिन्न पेशा, व्यवसाय एवं रोजगारीका सिलसिलामा इराकको कुर्दिस्तान, सुलेमानी पुगेका नेपालीहरुले आपसी हितका लागि गठित गरेको सो समाजले डिसेम्बर ३ तारिकमा चौथो बार्षिकोत्सव मनाउन लागेको हो । समाजद्वार जारी गरिएको जानकारीअनुसार, कार्यक्रम सुलेमानीस्थित होटल पेरिज सर्चनारमा हुने छ । बार्षिकोत्वसमा समाजले हालसम्म गरेका गतिबिधिहरु र आर्थिक विवरण पारदर्शीरुपमा प्रस्तुत गर्ने जनाएको छ । समाजका अनुसार, बार्षिकोत्वकसंगै समाजको तेस्रो साधारणसभाको पनि आयोजना गरिएकोले संस्थाका सदस्यहरु तथा कुर्दिस्तानमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा नेपालीका विभिन्न संघसंस्थाहरुलाई पनि उपस्थितिको लागि समाजले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *