इन्जिनियरको घरमा पानीको पाइपबाट पानीको सट्टा पैसा निस्किन थालेपछि…

डिसी नेपाल
९ मंसिर २०७८ ११:०७

काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतको कर्नाटक राज्यको एन्टि करप्सन ब्युरोले जारी गरेको यो भिडियो अहिले चर्चामा छ ।

एसीबीले यो छापा पब्लिक वर्क्स डिपार्टमेन्टका एक इन्जिनियरको घरमा मारेको थियो । भिडियोमा एसीबीका अधिकारीहरुले पाइपबाट पैसा र सुनका गहना निकालिरहेको देख्न सकिन्छ । जाँच एजेन्सीका अधिकारीहरुले कलबुर्गीमा जेइ शान्तागौडा बिरादरको घरमा छापा मारेका थिए । शान्तागौडामाथि आफ्नो कार्यकालमा आयभन्दा धेरै सम्पत्ति जम्मा गरेको आरोप छ ।

एसीबीले यो छापा एसपी महेश मेघनावरको नेतृत्वमा गरेको थियो । मिडिया रिपोर्टका अनुसार एसीबीले बिहान ९ बजे घरको ढोका ढकढक्याएको थियो । तर, बिरादरले ढोका खोल्न १० मिनेट लगाए । यसबाट एसीबीलाई उनले कतै पैसा लुकाएको शंका भयो ।

छापा मार्ने क्रममा एसीबीले प्लम्बर बोलाएर पिभिसी पाइल काट्न लगायो । प्लम्बरले पाइप काटेपछि त्यहाँ पैसा र गहना भेटिए । न्यू इण्डियन एक्सप्रेसका अनुसार उनको घरमा अवैध साढे १३ लाख रुपैयाँ भेटियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *