जसलाई सुन सम्झिएका थिए त्यो त सुनभन्दा कैयौं गुणा बहुमूल्य खजाना पो रहेछ

डिसी नेपाल
९ मंसिर २०७८ १४:५६

काठमाडौं। अस्ट्रेलियाको मेलबर्नमा सुन खोज्न निस्किएका एक व्यक्तिको हातमा यस्तो खजाना आयो जसको मूल्य अनुमान गर्न पनि असम्भव छ । पहिले त ती व्यक्तिलाई यो सुनको डल्लो हो भन्ने लागेको थियो । तर, पछि थाहा भयो कि त्यो सुन नभइ अरबौं वर्ष पुरानो उल्कापिण्ड थियो ।

डेली मिररमा प्रकाशित रिपोर्टअनुसार डेभिड होल नामका व्यक्तिले २०१५ मा एउटा रातो र पहेंलो रंगको भारी पत्थर मेलबर्न नजिकै मेरीबोरो रिजनल पार्कमा भेट्टाएका थिए । यो स्थान १९ औं शताब्दीमा निकै प्रसिछ थियो किनकि यहाँ भारी मात्रामा सुन पाइन्थ्यो ।

डेभिडलाई आफूले पनि सुनको डल्लो भेट्टाएको भन्ने लाग्यो । उनले यो डल्लोलाई फुटाउने कैयौं प्रयास गरे तर फुटाउन सकेनन् । तैपनि उनले त्यो डल्लोलाई सम्हालेर आफूसँगै राखे । ६ वर्षपछि उनले यो पत्थरलाई मेलबर्न म्युजियममा लैजाने सोच बनाए । जब उनले यसलाई म्युजियममा लिएर गए त्यसपछि उनको होस उड्यो । उनले थाहा पाए कि यो अरबौं वर्ष पुरानो उल्कापिण्ड हो ।

यो पत्थरको जाँच गरेपछि म्युजियमका भूविज्ञानी डोरमोट हेनरीले सिड्नी मर्निङहेराल्डसँग भने ‘मैले कैयौं यस्ता पत्थर देखेको थिएँ जसलाई मानिसहरुले उल्कापिण्ड भनेका थिए । तर कैले केवल २ वटा वास्तविक उल्कापिण्ड फेला पारेको छु ।’ हेनरीले उल्कापिण्डको महत्व बताउँदै यी उल्कापिण्डले हामीलाई समयको भित्र लैजाने र यसबाट सौर्यमण्डलको उमेर, उसको निर्माण र रसायनहरुको बारेमा जानकारी दिने बताए ।

‘कैयौं उल्कापिण्डले त हाम्रो ग्रहको आन्तरिक झलक देखाउँछन् । कैयौं उल्कापिण्डमा ताराहरुको धुलो हुन्छ जो हाम्रो सौर्यमण्डलभन्दा धेरै पुरानो हुन्छन्’ उनले भने । उनको अनुमान अनुसार डेभिडले भेट्टाएको उल्कापिण्ड मंगल र वृहस्पति ग्रहको बीचमा रहेको क्षुद्रग्रह बेल्टबाट आएको हुन सक्छ । यो उल्कापिण्ड ४.६ अर्ब वर्ष पुरानो हुन सक्छ जो १०० देखि १ हजार वर्ष पहिले पृथ्वीमा खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *