भारतले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

डिसी नेपाल
९ मंसिर २०७८ १५:१३

नयाँ दिल्ली (एजेन्सी) । भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो ।

प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको थियो ।

भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् । केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो । गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *