एउटा बाख्रो २५ लाख रुपैयाँमा बिक्यो

डिसी नेपाल
९ मंसिर २०७८ १६:२०

काठमाडौं। अस्ट्रेलियामा एउटा बाख्रो २१ हजार डलर अर्थात २५ लाख नेपाली रुपैयाँ मूल्यमा बिकेको छ । बुधबार न्यूसाउथ वेल्समा एक सेलमा यो बाख्रोलाई एन्ड्रयु मोसलीले किने । अस्ट्रेलियामा यति महंगोमा यसअघि कुनै पनि बाख्रा खरिद बिक्री भएको थिएन । एबीसी न्यूजका अनुसार मोसलेले आफूले किनेको यो बाख्रो निकै स्टाइलिस भएको बताएका छन् । यो बाख्रोको नाम माराकेश हो ।

यसअघि अस्ट्रेलियामा सबैभन्दा महंगो बाख्रो १२ हजार डलरमा बिकेको थियो । यो बाख्रो गत महिना मात्र बिकेको थियो । माराकेशलाई किनेपछि मोसले निकै खुसी देखिएका थिए । उनले भने ‘यो धेरै शानदार जनावर छ । यसको चाल पनि निकै राम्रो छ । कद काठीमा धेरै ठूलो नभए पनि मलाई लाग्छ यो निकै छिटो हुर्किएको छ । यसका मसल पनि शानदार छन् ।’

गत वर्ष मोसलेले नै अर्को एउटा बाख्रो ९ हजार डलरमा किनेका थिए । मोसले भन्छन् ‘यस्ता जनावरको संख्या निकै कम छ । एकपटक हातबाट उम्कियो भने फेरि सजिलै पाइँदैन । पाँच वर्षमा यिनीहरुको मासुको माग निकै बढेको छ ।’ मारकेशको जन्म क्विन्सल्याण्ड सीमा नजिकै रेंगेल्याण्ड फर्ममा भएको थियो ।

मोसलेले सानैदेखि बाख्राको व्यवसाय गरिरहेका छन् । उनी भन्छन् ‘यो जरुरी हुँदैन कि सधैं ठूलो जनावर मात्रै राम्रो होस । माराकेशको बारेमा राम्रो कुरा यो हो कि यो अहिले निकै शानदार देखिन्छ । यसलाई तपाइँ धेरै राम्रो प्रजाति भन्न सक्नुहुन्छ । यो क्षेत्रमा कैयौं पटक मौसम धेरै खराब हुन्छ । यस्तो अवस्थामा योजति स्वस्थ र शानदार जनावर भेट्नु सजिलो छैन । पश्चिमी देशमा यस्तो प्रजाति सजिलै पाइँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *