अमेरिकाको अगाडि झुकेन साउदी अरब, बाइडेन अप्रिय निर्णय लिन बाध्य

डिसी नेपाल
९ मंसिर २०७८ १६:४६

काठमाडौं। अमेरिका र साउदी अरेबियाबीच तनाव बढेको छ । यी दुई देशबीच यो अवस्था तेलका कारण भएको हो । कोरोना महामारीका कारण कच्चा तेल उत्पादनका विषयमा प्रमुख तेल उत्पादक देशहरुले अपनाएको रणनीतिका कारण अमेरिकाको हालत खराब भएको हो । अमेरिकी प्रकाशनले धेरै आग्रह गर्दा पनि साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान आपूर्ति नबढाउने फैसलामा अडिग छन् ।

कुनै उपाय नलागेपछि अमेरिकाले पेट्रोलको मूल्य कम गर्नको लागि आफ्नो रणनीतिक भण्डारबाट ५ करोड ब्यारल कच्चा तेल जारी गर्ने घोषणा गरेको छ ताकि यसबाट अमेरिकी जनताले राहत पाउन सकुन् । अमेरिकाको यो कदमले बजारका तेलको आपूर्तिमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

विगत डेढ वर्षदेखि तेल उत्पादक देशहरुको संगठन ओपेक र रुसबीच एक सहमति भएको थियो । सहमतिअनुसार कोरोना महामारीका कारण तेलको माग र मूल्य दुवै कम भएकोले यी देशहरुले तेलको उत्पादन घटाएका थिए । यी देशहरुले तेलको मूल्य बढाउनको लागि बजारलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन् । तर, अमेरिकाले कोरोना महामारीको असर कम भएपछि यी देशहरुलाई तेलको उत्पादन छिटो बढाउन अनुरोध गरेको थियो । यी देशहरुले भने अमेरिकाको आग्रह अस्वीकार गर्दै तेलको उत्पादन विस्तारै सीमित मात्रामा बढाउने जवाफ दिए ।

अमेरिकामा मुद्रास्फिती ३० वर्षकै उच्च स्तरतिर बढिरहेको छ र ग्यासोलिनको मूल्य पनि लगातार बढिरहेको छ । अक्टोबरमा बाइडेनले रुस र साउदी जस्ता तेल उत्पादक देशले धेरैभन्दा धेरै तेल पम्प नगर्ने फैसला गरेकोले ग्यासोलिनको कमी भएको र यो तरिका सही नभएको बताएका थिए । अमेरिकी दूतहरुले पनि साउदीसँग लगातार कच्चा तेलको उत्पादन बढाउन आग्रह गरेका थिए । तर, साउदी अरबमाथि कूटनैतिक दबाबको कुनै असर परेन ।

अर्कोतर्फ साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग अहिलेसम्म बाइडेनले कुराकानी गरेका छैनन् । बाइडेनले भलै साउदी राजा अर्थात सलमानका पितासँग कुरा गरेका छन् तर क्राउन प्रिन्ससँग बाइडेनले अहिलेसम्म सिधा डील गरेका छैनन् । रिपोर्टका अनुसार २०१८ मा वाशिङटन पोस्टमा पत्रकार जमाल खशोग्गीको हत्यामा क्राउन प्रिन्सको भूमिकालाई लिएर प्रश्न उठिरहेका छन् र सम्भवतः यही कारण बाइडेनले अहिलेसम्म प्रिन्ससँग कुरा गरेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *