जेलमा जन्मकैदको सजाय काटिरहेका पिताले जेलमै आफ्नै छोरीलाई बलात्कार गरेर भागे

डिसी नेपाल
१० मंसिर २०७८ ११:४३

काठमाडौं। हत्याको आरोपमा जेलमा आजीवन कारावासको सजाय काटिरहेका एक पिताले जेलभित्रै आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेर भागेको घटना सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेशको जोधपुरमा भएको घटनामा पुलिसले आरोपी पिताको खोजी गरिरहेको छ । टाइम्स अफ इण्डियाका अनुसार आरोपी जोधपुरको खुला जेल (ओपन एयर जेल)मा कैद थिए । उनीमाथि हत्याको आरोप थियो र उनी आजीवन कारावासको सजाय काटिरहेका थिए ।

आरोपीले आफ्नी नाबालिग छोरीलाई आफूसँगै राखेका थिए । केही समयसम्म उनकी पत्नी पनि जेलमा उनको साथमै बसेकी थिइन् । पछि उनकी पत्नी उनलाई छोडेर गइन् । छोरी भने पितासँगै जेलमै बस्दै आएकी थिइन् । बुधबार पीडित छोरीले आफ्नी आमालाई फोन गरेर पिताले आफूलाई बलात्कार गरेको बताइन् । छोरीको कुरा सुनेपछि आमाले तत्काल यसबारे पुलिसलाई सूचित गरिन् ।

पीडितकी आमाले रेओदार पुलिस स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । त्यसपछि यो केस जोधपुर पुलिसमा पठाएर एफआइआर दर्ता गरिएको छ । त्यसपछि केस मन्दोर पुलिस स्टेशन पठाइएको छ जहाँको पुलिस टिमले आरोपीको खोजी गरिरहेको छ । पुलिसका अनुसार पीडितको उजुरी दर्ता गरिएको छ र उनको मेडिकल जाँच पनि गरिएको छ ।

पुलिसका अनुसार आरोपी पिताविरुद्ध आइपीसीको धारा र पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ । आरोपीलाई आफ्नी छोरीले बलात्कारको कुरा आमालाई बताएको थाहा भएपछि उनी बुधबार नै कुनै किसिमले जेलबाट भाग्न सफल भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *