जेलमा जन्मकैदको सजाय काटिरहेका पिताले जेलमै आफ्नै छोरीलाई बलात्कार गरेर भागे
काठमाडौं। हत्याको आरोपमा जेलमा आजीवन कारावासको सजाय काटिरहेका एक पिताले जेलभित्रै आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेर भागेको घटना सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेशको जोधपुरमा भएको घटनामा पुलिसले आरोपी पिताको खोजी गरिरहेको छ । टाइम्स अफ इण्डियाका अनुसार आरोपी जोधपुरको खुला जेल (ओपन एयर जेल)मा कैद थिए । उनीमाथि हत्याको आरोप थियो र उनी आजीवन कारावासको सजाय काटिरहेका थिए ।
आरोपीले आफ्नी नाबालिग छोरीलाई आफूसँगै राखेका थिए । केही समयसम्म उनकी पत्नी पनि जेलमा उनको साथमै बसेकी थिइन् । पछि उनकी पत्नी उनलाई छोडेर गइन् । छोरी भने पितासँगै जेलमै बस्दै आएकी थिइन् । बुधबार पीडित छोरीले आफ्नी आमालाई फोन गरेर पिताले आफूलाई बलात्कार गरेको बताइन् । छोरीको कुरा सुनेपछि आमाले तत्काल यसबारे पुलिसलाई सूचित गरिन् ।
पीडितकी आमाले रेओदार पुलिस स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । त्यसपछि यो केस जोधपुर पुलिसमा पठाएर एफआइआर दर्ता गरिएको छ । त्यसपछि केस मन्दोर पुलिस स्टेशन पठाइएको छ जहाँको पुलिस टिमले आरोपीको खोजी गरिरहेको छ । पुलिसका अनुसार पीडितको उजुरी दर्ता गरिएको छ र उनको मेडिकल जाँच पनि गरिएको छ ।
पुलिसका अनुसार आरोपी पिताविरुद्ध आइपीसीको धारा र पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ । आरोपीलाई आफ्नी छोरीले बलात्कारको कुरा आमालाई बताएको थाहा भएपछि उनी बुधबार नै कुनै किसिमले जेलबाट भाग्न सफल भएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment