सुत्केरी व्यथा लागेपछि सांसदले आफैं साइकल चलाउँदै अस्पताल पुगिन्, १ घण्टामा बच्चा जन्माइन्

डिसी नेपाल
१२ मंसिर २०७८ १२:२५

काठमाडौं। न्यूजिल्याण्डकी एक सांसदले सुत्केरी व्यथा लागेपछि आफैं साइकल चलाउँदै अस्पताल पुगिन् । न्यूजिल्याण्डको ग्रिन पार्टीकी सांसद जुली एन्ने गेन्टरलाई आज बिहान २ बजे सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी आफैं साइकल चलाउँदै अस्पताल पुगिन् । त्यसको एक घण्टापछि ३ बजेर ४ मिनेटमा उनले बच्चा जन्माइन् ।

जुली आफैंले सामाजिक संजालमार्फत यो खबर सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा साइकल चलाउँदै अस्पताल गएको देखि बच्चाको जन्म भएपछिको सम्म तस्वीर शेयर गरेकी छिन् । उनले लेखेकी छिन् ‘ठूलो खबर, आज बिहान ३ बजेर ४ मिनेटमा हाम्रो परिवारमा नयाँ सदस्यको स्वागत भयो । मैले आफ्नो सुत्केरी व्यथा साइकलमा त कहिल्यै सोचेकी थिइन् तर यस्तो भयो । हामी अस्पताल जान निस्किँदा त्यति गाह्रो भएन तर अस्पताल नजिकै २–३ मिनेटको दूरी पार गर्न हामीलाई १० मिनेट लाग्यो । र, अहिले हामीसँग प्यारो बच्चा छ जो आफ्ना पिताको काखमा सुतिरहेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *