कांग्रेस अधिवेशनः सुर्खेत जिल्ला सभापतिमा पोखरेल सर्वसम्मत

डिसी नेपाल
१२ मंसिर २०७८ १२:२९

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशनबाट सभापतिमा खड्ग पोखरेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले पोखरेललाई सर्वसम्मत चयन गरेको हो ।

मनोनयन दर्ताको लागि तोकिएको अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत सभापति चयन भएका हुन् । यस्तै, उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल, सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनाव मैदानमा छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *