मोहन बस्नेत भन्छन्- गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो नभए मुलुक दुर्घटनामा जाने बताए।
उनले भने, ‘प्रदेश भेला गरिसक्यौँ। आज केन्द्रीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन।’
उनले गगन थापाको नेतृत्वमा चुनावमा गएका कारण पार्टी खरानी भएको दाबी गरे। साथै, गगनले काठमाडौं-४ बाट मात्र चुनाव लडेको भए जमानत जफत हुने जिकिर समेत गरे।
गगन नेतृत्वको कांग्रेस भदौ २ गतेबाट महाधिवेशनमा लाग्ने भएकाले ढिला नगरी बीपीले बनाएको कांग्रेसतर्फ लाग्नुपर्ने उनले बताए। सहमतिको सम्भावना नरहेको जिकिर गर्दै उनले नेतृत्वलाई पनि नयाँ पार्टी बनाउन खुट्टा नकमाउन आग्रह गरे।






डिसी नेपाल





Facebook Comment