मोदीका अधिकांश मन्त्री र पार्टीका अधिकांश नेताले लाजै नमानी बेइजिङको एयरपोर्ट आफ्नो भने

डिसी नेपाल
१२ मंसिर २०७८ १३:१७
4.9k
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलका अधिकांश मन्त्रिहरु तथा उनको पार्टी भारतीय जनता पार्टीका अधिकांश नेताहरुले चीनको राजधानी बेइजिङस्थित दाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो देशको विमानस्थल भन्दै सामाजिक संजालमा ठूलो हल्लाखल्ला गरेको पाइएको छ ।

उनीहरुले चीनको विमानस्थलको तस्वीर शेयर गर्दै यो विमानस्थल आफ्नो देशमा बन्न लागेको विमानस्थलको डिजाइन भएको र यो एसियाकै सबैभन्दा ठूलो विमानस्थल हुने दावी गर्दै मोदीको गुणगान गाएका देखिएको छ । तर, उनीहरुले आफ्ना प्रधानमन्त्रीको गुणगान गाउँदै गर्दा निर्लज्ज रुपमा चीनको विमानस्थलको तस्वीर शेयर गरिरहेका छन् ।

यो तस्वीरले पछिल्लो समय सामाजिक संजालमा हंगामा मच्चाएको छ । यसले भारतमा मात्रै नभइ चीनसहित पूरै दक्षिण एसियामा खैलाबैला भएको छ । भारतीय नेताहरुले यो तस्वीर उत्तर प्रदेशको ग्रेटर नोएडामा बन्न लागेको जेवर अन्तर्राष्ट्रिय विमानस्थल भनेका छन् । यो तस्वीरलाई भारत सरकारले जारी गरेको भिडियोमा समेत स्थान दिइएको छ ।

१५ नोभेम्बरमा नरेन्द्र मोदीले उत्तर प्रदेशको ग्रेटर नोएडामा जेवर अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए । यो विमानस्थल बनेर तयार हुँदा एसियाकै ठूलो हुने पनि उनले दावी गरेका थिए । मोदीको यो दावीलाई उनका मन्त्रीहरु र उनको पार्टीका नेताहरुले सामाजिक संजालमा प्रचारप्रसार गरे तर उनीहरुले चीनको विमानस्थलको फोटो शेयर गरे ।

सामाजिक संजालमा भारतीय नेताहरुको झुटो दावी र हल्लाखल्ला त्यतिबेला नाङगेझार भयो जब चीनका शेन शिवाइ नामका एक व्यक्तिले यस विषयमा ट्वीट गरे । भेरिफाइड ट्वीटर ह्याण्डल भएका उनले प्रोफाइलमा आफूलाई चीन मामिलाका विशेषज्ञ भनेका छन् र चीनको सरकारी मिडियामा आबद्ध भनेका छन् ।

शेन शिवाइले भारतीय नेताहरुले जुन तस्वीरलाई भारतमा बन्न लागेको विमानस्थल भनेका छन् त्यो चीनमा २ वर्ष पहिले नै सुरु भइसकेको विमानस्थल भएको खुलासा गरेका छन् । शेन शिवाइले कैयौं भारतीय नेताहरुले यस विषयमा गरेका ट्वीटको स्क्रिनसट राखेका छन् । ती नेताहरुले पछि ट्वीट डिलिट गरे तर बीबीसीले गरेको जाँचमा उनीहरुले यो फोटो प्रयोग गरिएको भिडियो ट्वीट गरेको खुलासा भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *