कांग्रेस महाधिवेशनः दाङ जिल्ला सभापतिमा शंकर डाँगी

डिसी नेपाल
१२ मंसिर २०७८ १४:२०

काठमाडौं।नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी चयन भएका छन् । शनिवार सम्पन्न पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि आइतबार पुनः मतदान गर्ने भनिएको थियो । तर, सभापतिको उम्मेदवारहरू शंकर डाँगी र भूपबहादुरबीच सहमति भएपछि डाँगीलाई सभापति घोषणा गरिएको हो ।

शनिवारको निर्वाचनमा डाँगीले सात सय ७६ र अर्का उम्मेदवार भूपबहादुर डाँगीले पाँच सय ४५ मत ल्याएका थिए । यस्तै, सभापतिका अर्का उम्मेदवार जानकीलाल बस्नेतले चार सय ७१ र कमलकिशोर घिमिरेले तीन सय १५ मत पाएका थिए ।प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नपाएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिए पनि सहमतिपश्चात् डाँगी सभापति बनेका हुन् । भूपबहादुरले डाँगीलाई सभापतिमा समर्थन गरेपछि उनलाई सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *