‘बन्द सत्र साँझ ७ बजेदेखि’

डिसी नेपाल
१२ मंसिर २०७८ १६:३८

चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् । उनले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् ।

अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *