बाढीपहिरो पीडितलाई आर्थिक सहयोग – Dcnepal

बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

मनाङ ।हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रायलले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो । आंशिकरूपमा क्षति पुगेका घर परिवारलाई राहत दिने विषयमा टेवल हुन बाँकी रहेकाले पूर्ण क्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ”, प्रजिअ आचार्यले भने ।

पूर्ण क्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले आज बाढीपहिरोले क्षति पुगेको स्थलमा पुगेर राहत हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पुर्‍याउने लक्ष्यका साथ प्रदान गरिएको बताए । उाले विशेष प्याकेजको यो रकमले घरबार पूर्ण क्षति भएका परिवारलाई राहत पुग्ने विश्वास लिए । ढिलै भए पनि यहाँका जनताको घाउमा मलम लगाउने कार्य गरिएको उनले बताए ।

पर्यटकीय क्षेत्र मनाङको कोरोनासँगै बाढीपहिरोले क्षति पुर्‍याउँदा प्रदेशको आर्थिकस्तरमा प्रभाव पारेको उाको भनाइ थियो । यसको विकासका लागि सरकार प्रदेश सरकार प्रतिबद्ध रहेको उाको भनाइ थियो । तत्काल राहत पुर्‍याउन मुस्किल भए पनि ढिला गरी बाढीपहिरो समक्ष पु¥याउन सकिएको उनले बताए। प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले पर्यटन, सामुदायिक आवास, निजी आवासलगायत विभिन्न किसिमका क्षेत्रमा क्षति पुगेकाले सहयोगका लागि प्रदेश सरकार लागिपरेको बताए। उनले मनाङको क्षतिको पूर्ति गर्नका लागि आवश्यक स्रोतको खोजी कार्य भइरहेको बताए ।

बाढीपहिरोका कारण मनाङको पर्यटकीय क्षेत्रमा जति पर्यटक भित्रिनुपर्ने हो, त्यति मात्रामा भित्र्याउन नसकिएको उनको भनाइ थियो । यस जिल्लाको मुख्य आम्दानी नै पर्यटन क्षेत्र भएकाले यसलाई उठाउने कार्यमा लाग्न आवश्यक रहेकोले प्रदेश सरकार पनि लागि परेको घलेले बताए ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो