छुटेकालाई वैकल्पिक माध्यमले जनगणना गरिने

डिसी नेपाल
१३ मंसिर २०७८ १७:४२

जनकपुरधाम । तथ्यांक कार्यालय जनकपुरले जनगणनामा छुटेकाहरूलाई वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराउने तयारी गरेको छ ।

गणनामा सहभागी हुन नसकेकाहरूले कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएको छ । फेसबुकसहित अन्य सामाजिक सञ्जाल र फोनबाट उजुरी गरेकाहरूलाई सम्पर्क गरी जनगणनामा सहभागी गराएको तथ्यांक कार्यालय जनकपुरधाम धनुषाका प्रमुख जनगणना अधिकारी विमलकुमार यादवले बताए । ‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २, ४, १३, र १४ मा गणना नभएकाहरू कार्यालयमै आएर जनगाणनामा सहभागिता जनाएका छन्,’ प्रमुख यादवले भने,‘जनगाणनाको क्रममा छुटेका, घरमा कोही नभेटिएका र दुई स्थानमा बसोबास गर्नेहरू गणनामा छुटेको हुन् ।’

गणकको काम गर्ने म्याद समाप्त भए पनि छुटेका घरलाई जनगणनामा समावेश गर्न सुपरीवेक्षक र गणकलाई परिचालन गरेको प्रमुख यादवले बताए । गुनासो आएपछि तथ्यांक रुजु गर्दा गुनासो गर्नेको घरमा गणकले गणना गरेको पाइएको छ । घरमा पुरुष वा घरमुली नभएको बेला महिला वा उपस्थित भएकै व्यक्तिलाई उत्तरदाता बनाएर गणना गरिएको छ । दिनभरी घरबाहिर बस्नेहररू गणक घरमा नआएको गुनासो गर्ने गरेको पाइएको यादवले बताए ।

घरका सबै सदस्यको नाम र विवरण राखेर उत्तरदातामा उपस्थित भएका सदस्यको नाम राख्ने व्यवस्था छ । धान काट्ने र गहुँलगायत अन्य बाली लगाउने हिउँदको समयमा जनगणना हुँदा प्रदेश २ का जिल्लामा तोकिएको समयमा घरमा पुगेका गणकले घरमुली र अन्य सदस्य फेला पार्न समस्या भएको तथ्यांक कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *