२५५ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
१४ मंसिर २०७८ १७:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४६९ जनामा पीसीआर परीक्षण गरिएकोमा २४५ जनामा र २ हजार १४० जनामा एन्टीजेन परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५६जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *