विवाहकाे बाजाले ६३ चल्ला मारिएपछि किसानले दिए आयाेजकविरुद्ध उजुरी
उडिसा। भारतमा विवाहकाे परम्परागत बाजाका कारण अाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएकाे एक व्यक्तिले गुनासाे गरेका छन् । सन्दर्भ यसै साताकाे अाइतबारकाे पूर्वी उडिसा राज्यमा भएकाे घटना हाे।
विवाहमा चर्काे अावाज बजाउँदा कानकाे जाली फुटेर मध्यरातमा अाफ्ना चल्लाहरु मरेकाे किसान रन्जित कुमार परिदाले अाराेप लगाएका छन्। ‘बाजा बजाउने मानिसहरुलाई बाजकाे अावाज सानाे बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन्। विवाहमा निकै चर्काे अावाजमा बाज बजाइएकाे थियाे ।’ उनले भने । अाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएकाे उनले गुनासाे गरे।
क्षतिपूर्तीकाे माग गर्दै उनले विवाह अायाेजकविरुद्ध उजुरी गरेका छन् । एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेकाे बताएका छन् ।
जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्काे अावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । ‘चर्काे संगीत वा अकस्मातकाे उत्तेजना र चाेटले चराचुरुङ्गीकाे जैविक चक्रमा असर गर्छ, ‘ उनले भने ।
यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुराेध गरेकाे छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment