तेल अभिभ विश्वमा सबैभन्दा महंगाे सहर

डिसी नेपाल
१५ मंसिर २०७८ १२:१६
780
Shares

तेल अभिभ। इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगाे सहर साबित भएकाे छ। ईकाेनाेमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेकाे एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगाे सहर बनेकाे हाे। महंगाेका दृष्टिले तेल अभिभ पहिलाे पटक विश्वकाे पहिलाे स्थानमा पुग्न सफल भएकाे हाे।

‍इजरायलकाे राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएकाे सर्वेक्षणमा जनाइएकाे छ। त्यहाँ यातायात र खाद्यन्नकाे मूल्य पनि अन्य सहरकाे तुलनामा बढी देखिएकाे जनाइएकाे छ।

त्यस्तै, पेरिस र सिंगापुर दुबै सहर दाेस्राे स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्राे र चाैथाे स्थानमा छन्। त्यसैगरी, न्युयाेर्क र जेनेभा क्रमश: पाँचाैं र छैटाै‌ स्थानमा परेका छन् । त्यस्तै, काेपनहेगन साताैं, लस एन्जेलस आठाैं र जापानकाे ओसाका नवाैं स्थानमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *