उडिरहेको विमानको ट्वाइलेटभित्र आत्महत्या, आकाशमै ढोका फुटाएर बाहिर निकालियो

डिसी नेपाल
१५ मंसिर २०७८ १६:०३

काठमाडौं। इजिप्टबाट रुस गइरहेको एक विमानभित्र एक यात्रुले आत्महत्या गरेका छन् । ती यात्रुले विमान उडिरहेकै बेला विमानको ट्वाइलेटभित्र आत्महत्या गरेपछि विमानलाई आकस्मिक अवतरण गराउनु परेको छ । ४८ वर्षका रुसी नागरिक अलेक्जेन्डर डोक्सिनलाई एस सेभेन एयरलाइन्सको विमानको ट्वाइलेटभित्र अचेत अवस्थामा फेला पारिएको थियो ।

इजिप्टको शर्म ए शेखबाट विमान रुसको समारा जानका लागि उडेको केही बेरमै उनलाई विमानको ट्वाइलेटको ढोका फुटाएर निकालिएको थियो । ढोका फुटाएर उनलाई बाहिर निकालेपछि पाइलटले विमानभित्रै कुनै डाक्टर यात्रा गरिरहेको छन् कि भनेर सोपछि विमानमा भएका यात्रुहरु समेत आत्तिएका थिए । संयोगले विमानमा डाक्टर थिए र उनले विमानलाई कायरोमै आकस्मिक अवतरण गराउनुभन्दा पहिले डोक्सिनलाई बचाउने प्रयास गरेका थिए । तर, कायरो अवतरण गर्दासम्म उनको मृत्यु भइसकेको थियो ।

डेलीमेलका अनुसार कायरोमा अवतरण गरेपछि पुलिसले यसबारे जाँच गरेको थियो जसका कारण विमानको उडानमा ५ घण्टा ढिलाइ भएको थियो । इजिप्टका डाक्टरहरुले उनको मृत्यु प्रमाणीकरण गरेका छन् । पुलिसले उनलाई बचाउन प्रयास गरेका व्यक्तिहरुसँग पनि सोधपुथ गरेको थियो र इजिप्टमा रहेको रुसी कन्सुललाई पनि जाँचका लागि कानुनी नोटिस पठाइएको थियो । डोक्सिनकी ३७ वर्षकी पत्नी कृष्टिना र एउटी सानी छोरी छन् । मृतक सामान्य पारिवारिक व्यक्ति भएको र उनको रुसमा कार मेकानिकको व्यवसाय भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *