भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने मन्त्री श्रेष्ठको दाबी
सिन्धुपाल्चोक । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् । माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।
अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नभएको बताउँदै मन्त्री श्रेष्ठले भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको जिकिर गरिन ।
माओवादी केन्द्र भोटेकोसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment