२४ घण्टामा थप ३१५ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

डिसी नेपाल
१६ मंसिर २०७८ १६:३७

काठमाडौँ ।पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ५११ जनामा पीसीआर परीक्षण गरिएकोमा २९८ जनामा र १ हजार ८९२ जनामा एन्टीजेन परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २०१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *