२४६ जना नयाँ सङ्क्रमित थपिए, ७ हजारभन्दा कम सक्रिय सङ्क्रमित

डिसी नेपाल
१७ मंसिर २०७८ १६:११
188
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४०० जनामा पीसीआर परीक्षण गरिएकोमा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा कुनैपनि  सङ्क्रमितको मृत्यु भएन । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ६ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *