सवै नागरिकलाई खोप लगाउन आवश्यकः राष्ट्रपति

डिसी नेपाल
१७ मंसिर २०७८ १९:३५

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताइन् । उनले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’समेत उपलब्ध गराउन आग्रह गरिन् । ‘खोप लगाउने कार्यलाई निरन्तरता दिँदै हामीले फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ’, उनले भनिन्, ‘कोरोना भाइरसको पाछिल्लो अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाइमा सफलता प्राप्त गर्न सकिन्छ ।’

राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुनसक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तहअन्तर्गतका संरचनात्मक व्यवस्थालाई एकीकृत र जवाफदेहीरूपमा परिचालन गर्न आग्रह गरिन् ।अक्सिजन र अत्यावश्यकीय औषधिमा हुन सक्ने अभाव र कालाबजारी नियन्त्रण गर्न औषधि व्यवस्था विभाग र सुरक्षा टोली परिचालन गर्नुहोस्”, उनले भनिन्, ‘अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न छोटै समय लाग्ने र लगानी पनि त्यति ठूलो नपर्ने भएकाले देशभरी विगत एक वर्षमा धेरै अक्सिजन प्लान्ट थपिएका छन् । तीनको अवस्था निरन्तर अवलोकन गरी मर्मत्सम्भार गरेर अक्सिजनको व्यवस्था गर्नुपर्दछ ।’

पीसीआर परीक्षणलाई हरेक जिल्लासम्म पुर्‍याउन र अस्पतालमा बिरामीको हेरचारका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्न पनि राष्ट्रपति भण्डारीले आग्रह गरिन् । उनले कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवम् मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको भन्दै यसक्रममा कोभिड-१९को महामारीसँग लड्न अग्रपङ्क्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सफाइकर्मीप्रति आभार व्यक्त गरिन् ।

मन्त्री खतिवडाले एक हजार ६०० खोप केन्द्रमा प्रतिदिन दुई लाख दरले खोप लगाउन थालेको बताए । उनले दुई करोड ६८ लाख मात्रा खोप लगाइसकेसमेतको राष्ट्रपति भण्डारीलाई जानकारी दिए । यो भनेको खोप लगाउन योग्यको २८ प्रतिशत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *