सर्वाधिक मतका साथ वीरेन्द्र बने कान्छा मोरङ कांग्रेस जिल्ला सदस्य

डिसी नेपाल
१७ मंसिर २०७८ २३:०७

मोरङ । नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् । सबैभन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाह अत्यधिक १३१२ मत ल्याएर विजयी भएका हुन् ।

समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले बच्चै छस् भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो । तर, राजनीतिमा लागेर केही गर्ने चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए ।

शाहले जितसँगै खुसी प्रकट गर्दै भने, ‘मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ । पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्नेछु । उम्मेदवारी दिँदा मैले प्रस्ताव र समर्थकसमेत भेटेको थिइन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *