फ्रान्स र युएइबीच सबैभन्दा ठूलो रक्षा सम्झौता

डिसी नेपाल
१८ मंसिर २०७८ १३:१२

काठमाडौं। शुक्रबार संयुक्त अरब इमिरेट्सले फ्रान्ससँग ८० राफेल लडाकु विमान र १२ सैन्य हेलिकप्टर किन्ने निर्णय गरेको छ । लगभग १९.२० बिलियन डलरका हतियारहरुको यो सम्झौताको माध्यमबाट फ्रान्स युएइको आर्थिक र राजनीतिक सम्बन्ध बलियो भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो फ्रेन्च लडाकु विमानको अहिलेसम्मकै ठूलो डील हो ।

यो सम्झौता फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले खाडी देशहरुको दुई दिवसीय यात्राका क्रममा गरेका हुन् । म्याक्रोन यस क्रममा कतार र साउदी अरब पनि जानेछन् । फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले यो सम्झौतालाई ऐतिहासिक भनेका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले दुबइ एक्सपोको अवसरमा अबु धाबीका क्राउन प्रिन्स शेख मोहम्मद बिन जाएद र म्याक्रोनले यो सम्झौतामा हस्ताक्षर गरेको बताएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको बयानमा भनिएको छ ‘यो सम्झौताका कारण दुई देशबीच रणनीतिक साझेदारी पहिलेभन्दा कैयौं मजबुत भएको छ र यो सम्झौता सिधा रुपमा क्षेत्रीय स्थिरतामा योगदान दिने खालको छ ।’ युएइमा पेरिसको स्थायी सैन्य अड्डा छ र यो ठूलो लगानीको साथमा फ्रान्सका नेता म्याक्रोन र एमबीजेडबीच राम्रो सम्बन्ध स्थापित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *