पाकिस्तानमा श्रीलंकाली नागरिकको जलाएर हत्या, श्रीलंकाका राष्ट्रपतिको इमरानसँग यस्तो अपिल

डिसी नेपाल
१८ मंसिर २०७८ १४:१३

काठमाडौं। पाकिस्तानको सियालकोटमा एक जना श्रीलंकाली नागरिकको ईशनिन्दाको आरोपमा कुटेर जिउँदै जलाएर हत्या गरिएको मामिलामा श्रीलंकाले आफ्नो दुःख र आक्रोश व्यक्त गरेको छ । श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले पाकिस्तानमा आफ्ना नागरिकको बर्बर हत्याको मामिलामा यो अत्यन्तै डरलाग्दो भएको बताएका छन् ।

राजापाक्षेले ट्वीट गर्दै लेखेका छन् ‘पिंयंथा दिवावदानामाथि पाकिस्तानमा अतिवादी भीडको बर्बर हमला अत्यन्तै डरलाग्दो छ । प्रियंथाकी पत्नी र परिवारको साथमा मेरो समवेदना छ । श्रीलंका र यहाँका नागरिकलाई विश्वास छ कि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो संगीन अपराधमा संलग्न व्यक्तिहरुलाई न्यायको कठघरामा उभ्याउनेछन् ।’

यसअघि महिन्दा राजापाक्षेका छोरा तथा युवा तथा खेलमन्त्री नमल राजापाक्षेले पनि यो घटनाप्रति दुःख व्यक्त गरेका थिए । श्रीलंकाको मिडियाले पनि यो घटनाप्रति दुःख व्यक्त गरेको छ । श्रीलंकाको दैनिक अंग्रेजी अखबार सिलोन टुडेका अनुसार श्रीलंकाको विदेश मन्त्रालयले पाकिस्तानको प्रशासनले यो मामिलामा न्याय सुनिश्चित गर्ने आशा व्यक्त गरेको छ । इस्लामाबादमा श्रीलंकाको उच्चायोगले पाकिस्तानी प्रशासनसँग घटनाको पूरा जानकारी जम्मा गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *