अक्टोबरदेखि २४ सै घण्टा घाम लागिरहेको ठाउँमा आज मात्रै २ मिनेट पूरै अँध्यारो भयो

डिसी नेपाल
१८ मंसिर २०७८ १५:३४

काठमाडौं। २०२१ सालको अन्तिम सूर्यग्रहण आज लागेको छ । यो ग्रहण अन्टार्कटिकाका साथै दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र दक्षिण अटलान्टिक जस्ता क्षेत्रमा देखिएको छ । खगोलविदहरुका अनुसार अन्टार्कटिकामा अक्टोबर महिनादेखि नै सूर्य अस्ताएको छैन । तर, आज सूर्यग्रहणका कारण अन्टार्कटिकाको केही भागमा पूरै अँध्यारो भयो । यो अँध्यारो अवस्था करिब २ मिनेटसम्म चल्यो ।

पृथ्वीको सुदूर दक्षिण महादेश अन्टार्कटिकामा अहिले गर्मी महिनाको महिनौं लामो दिन चलिरहेको छ । यहाँ अक्टोबरकोमध्यदेखि सूर्य अस्ताएको छैन र अब अप्रिलको सुरुवातसम्म अवस्था यस्तो हुनेछ । आज अन्टार्कटिकाको इम्पेरर प्वाइन्टमा खग्रास सूर्यग्रहण देखियो । यसबाहेक अर्जेन्टिना, ब्रिटिस र चिलियन अन्टार्कटिका क्षेत्रमा पनि ग्रहण लाग्यो ।

आज दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका क्षेत्रमा आंशिक सूर्यग्हण देखियो । दक्षिण अमेरिका र अफ्रिकामा बिहानको समयमा ग्रहण देखियो । अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका क्षेत्रमा अपरान्ह ग्रहण देखियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *