डाक्टरले कोरोनाको ओमिक्रोन भेरिएन्टको डरले श्रीमती र छोराछोरीको हत्या गरे

डिसी नेपाल
१८ मंसिर २०७८ १६:३०

काठमाडौं। भारतको उत्तर प्रदेशको कानपुरमा एक डाक्टरले आफ्नी श्रीमती र छोराछोरीको हत्या गरेका छन् । हत्या गरेपछि डाक्टरले आफ्ना भाइलाई म्यासेज गरेर पुलिस बोलाउन भनेका थिए । तर, भाइ घटनास्थल पुग्दासम्म उनी फरार भइसकेका थिए ।

पुलिसले घटनास्थलमा एउटा नोट फेला पारेको छ । नोटमा डाक्टरले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण हत्या गरेको बताएका छन् । उनले यसमा लेखेका छन् ‘अब लाशहरु गन्नु छैन । ओमिक्रोनले सबलाई मार्नेछ ।’ घटनास्थलबाट पुलिसले तीन शवलाई पोस्टमार्टमको लागि पठाएका छन् । यी डाक्टर विगत लामो समयदेखि डिप्रेसनमा भएको बताइएको छ ।

कानपुरको इन्दिरा नगरमा बस्ने डाक्टर सुशील कुमारले पत्नी र छोराछोरीको हत्या गरेका हुन् । मृतकहरु डाक्टरकी ४८ वर्षकी पत्नी चन्द्रप्रभा, १८ वर्षका छोरा शिखर र नाबालिग छोरी भएको बताइएको छ । छोरी १० कक्षाकी छात्रा थिइन् ।

सुशील कुमार कानपुरको रामा मेडिकल कलेजको फरेन्सिक विभागमा हेड अफ डिपार्टमेन्ट थिए । उनले कानपुर मेडिकल कलेजबाट अध्ययन गरेका थिए । डाक्६र अहिलेसम्म फरार छन् र पुलिसले उनको खोजी गरिरहेको छ । पुलिसले घटनास्थलमा एउटा डायरी पनि फेला पारेको छ जसमा उनले हत्याको कारण ओमिक्रोन भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *