नागाल्याण्डमा १३ जनाको गोली हानी हत्या, हजारौं सर्वसाधारण सडकमा उत्रिएपछि बबाल
काठमाडौं। भारतको पूर्वोत्तर राज्य नागाल्याण्डमा शनिबार बेलुकी गोलीबारीको ठूलो घटना भएको छ । यो घटनामा अहिलेसम्म १३ जना सर्वसाधारण मारिएको बताइएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ । फायरिङको घटनापछि सार्वजनिक भएका केही तस्वीरहरुमा गाडीहरु जलिरहेको देख्न सकिन्छ । घटना नागाल्याण्डको मोन जिल्लाको ओटिंगको हो । रिपोर्टका अनुसार फायरिङपछि रिसाएका गाउँलेहरुले सुरक्षाबलको गाडीमा आगो लगाइदिएका छन् ।
The unfortunate incident leading to killing of civilians at Oting, Mon is highly condemnable.Condolences to the bereaved families & speedy recovery of those injured. High level SIT will investigate & justice delivered as per the law of the land.Appeal for peace from all sections
— Neiphiu Rio (@Neiphiu_Rio) December 5, 2021
नागाल्याण्डका मुख्यमन्त्री नेफियो रियोले जनतासँग शान्तिको अपिल गरेका छन् । यो मामिलाको जाँचको लागि उनले एसआइटीको गठन गरेका छन् । मुख्यमन्त्रीले ट्वीट गर्दै घटना दुर्भाग्यपूर्ण र अत्यन्त निन्दनीय भएको बताएका छन् । उनले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै नागाल्याण्डको ओटिंगको दुर्भाग्यपूर्ण घटनाबाट धेरै व्यथित भएको बताएका छन् ।
Anguished over an unfortunate incident in Nagaland’s Oting, Mon. I express my deepest condolences to the families of those who have lost their lives. A high-level SIT constituted by the State govt will thoroughly probe this incident to ensure justice to the bereaved families.
— Amit Shah (@AmitShah) December 5, 2021
रिपोर्टका अनुसार घटना मोन जिल्लाको ओटिंगको तिरु गाउँमा भएको हो । आक्रमणमा मारिएका व्यक्तिहरु एउटा पिकअप मिनी ट्रकबाट फर्किरहेका थिए । स्थानीय सूत्रका अनुसार घटना शनिबार बेलुकी ४ बजेको हो । लामो समयसम्म यी मानिसहरु घर नफर्किएपछि गाउँका स्वयंसेवक उनीहरुलाई खोज्न निस्किएका थिए । खोज्दै जाँदा उनीहरुको लाश भेटियो । त्यसपछि इलाकामा तनाव फैलिएको थियो । आक्रोशित गाउँलेहरुले सुरक्षा बलको गाडीमा आगो लगाइदिएका छन् ।







डिसी नेपाल







Facebook Comment