‘ताइवान मामिलामा थोरै मात्र हस्तक्षेप गर्दा अमेरिका साइबर आक्रमण भोग्न तयार भए हुन्छ’

डिसी नेपाल
१९ मंसिर २०७८ १०:५२

काठमाडौं। ताइवान मामिलामा अमेरिकाले चीनसँगै थोरै मात्र पनि हस्तक्षेप गरेमा यसले अमेरिकाको संवेदनशील पूर्वाधारमा उल्लेख्य साइबर आक्रमण हुने र यसले अमेरिकी जनताको दैनिक जीवन नै प्रभावित पार्ने कैयौं रक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

शनिबार रेगन नेशनल डिफेन्स फोरममा सैन्य सचिव क्रिस्टिन वारमाउथले भने ‘म विशेष गरी उनीहरुले हाम्रो संवेदनशील संरचनामा कस्तो किसिमको साइबर हमला गर्छ भन्ने कुराप्रति म धेरै चिन्तित छु । यदि हामी द्वन्द्वको अवस्थामा गयौं भने हाम्रो पावर ग्रिडमा आक्रमण हुने सम्भावना उच्च छ । उदाहरणको लागि यातायात क्षेत्रमा आक्रमण हुन सक्छ जसले हामीलाई हाम्रो सेना परिचालन गर्न मात्र नभइ आम सर्वसाधारणलाई पनि समस्या हुनेछ ।’

ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला रक्षा अधिकारीको यस्तो प्रतिक्रिया आएको हो । ताइवान अहिले प्रजातान्त्रिक प्रणालीअनुसार शासित छ तर चीनले यो क्षेत्र आफ्नो भएको दावी गर्छ । पछिल्लो एक वर्षमा चीनले ताइवानको हवाइ क्षेत्रमा आफ्ना लडाकु जहाज उडाउने क्रम तीब्र बनाएको छ । पछिल्लो समय चीनले अमेरिकाका रक्षा र प्रविधि कम्पनीहरुमा ह्याकिङ अभियान नै चलाइरहेको समाचारहरु आइरहेका छन् ।

डिफेन्स न्यूजको रिपोर्टअनुसार सोही कार्यक्रममा सिनेटको सशस्त्र सेवा समितिका अध्यक्ष ज्याक रीड डिआरआइले आफूले ‘ठूलो’ आक्रमण हुने अपेक्षा गरेको र यसले ‘अमेरिकी समाजलाई अस्तव्यस्त पार्ने’ बताएका छन् । ‘ताइवानलाई हेर्दा यो परम्परागत डि–डे आक्रमण हुने छैन किनकि यसलाई संगठित गर्न समय लाग्छ ।’ उनले साइबर आक्रमण उल्लेख्य हुने बताउँदै यसको लागि अमेरिकाको रक्षा प्रणाली बलियो हुनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *