सर्प मार्ने चक्करमा बर्बाद भए, सर्प मर्‍यो कि मरेन थाहा छैन २१ करोडको घर खरानी भयो

डिसी नेपाल
१९ मंसिर २०७८ १२:२५

काठमाडौं। अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिको घरमा सर्प देखियो । उनले त्यो सर्प मार्ने प्रयास गरे । सर्प मर्यो कि मरेन थाहा भएन तर उनको यो प्रयास उनको लागि भने निकै महंगो साबित भयो । सर्पलाई मार्नको लागि उनले यस्तो काम गरे कि हेर्दाहेर्दै उनको घर पलेर खरानी भयो । यसबाट उनलाई १.८ मिलियन डलर अर्थात २१ करोड ६० लाख रुपैयाँको नोक्सानी भयो ।

यी व्यक्तिले आफ्नो घरको कुनामा विषालु सर्प देखे त्यसपछि उनले सर्प मार्ने योजना बनाए । यसको लागि उनले जलिरहेको कोइलाको टुक्रा सर्पतिर फ्याँके । यसबाट सर्प मर्यो कि मरेन थाहा भएन तर उनको घर भने पूरै जलेर खरानी भयो । सीएनएनको रिपोर्टअनुसार यो घटना अमेरिकाको मेरिल्याण्डको हो । घरमा सर्प देखिएपछि उनले घरमा जलिरहेको कोइला उठाएर सर्पतर्फ फ्याँके जसको परिणाम उनले घर गुमाउनुपर्यो ।

अग्नि नियन्त्रक अधिकारीका अनुसार २३ नोभेम्बरका दिन घरको आगो निभाउनको लागि करिब ७५ जना फायरफाइटर पठाइएका थिए । धेरै प्रयासपछि भोलिपल्ट मात्र घरको आगो नियन्त्रणमा आएको थियो । त्यतिबेलासम्म बहुतले घर जलेर खरानी भइसकेको थियो । १० हजार वर्गफिटमा फैलिएको यो घरका मालिक सर्पलाई कोइला फालेर मार्न चाहन्थे तर कोइलाले सर्प मर्नुको सट्टा घरमा आगो लाग्यो ।

घरमा आगो फैलिँदा परिवारका सदस्यहरु भने घरबाहि आइसकेका थिए । आगो घरको बेसमेन्टबाट सुरु भएको थियो । त्यसपछि आगो पूरै घरमा फैलियो । दमकलकर्मीहरुका अनुसार आगो नियन्त्रण गर्न केही घण्टा लाग्यो । मालिकले यो घर हालै १.८ मिलियन डलरमा किनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *