कम्पनीले १० अर्ब रुपैयाँ नगद कर्मचारीहरुलाई बोनसको रुपमा बाँड्ने

डिसी नेपाल
१९ मंसिर २०७८ १३:१०
2.1k
Shares

काठमाडौं। विश्वको सबैभन्दा ठूलो शिपिङ कम्पनी मार्सकले आफ्ना कर्मचारीहरुलाई बोनसको रुपमा करिब १० अर्ब रुपैयाँ बाँड्ने भएको छ । डेनमार्कको कोपनहेगनमा मुख्यालय रहेको यो कम्पनीले रेकर्ड मुनाफा कमाएको छ । यो बोनस विश्वभर फैलिएका कम्पनीका ८० हजार कर्मचारीलाई बाँडिनेछ । प्रत्येक कर्मचारीलाई १ हजार डलरको दरले बोनस बाँड्दा कम्पनीले ८० मिलियन डलर (९ अर्ब ६० करोड रुपैयाँ) बोनसको रुपमा बाँड्नेछ ।

डेनमार्कको बोर्सन अखबार र ब्लुमबर्गले यो जानकारी दिएका हुन् । कम्पनीले ४ सय जना सबैभन्दा बरिष्ठ प्रबन्धकहरुलाई भने बोनस दिने छैन । कम्पनीका सीइओ सोरेन स्कोका अनुसार ठूलो परिमाणमा टिमको प्रयासले नतिजा ल्याएको छ । ‘हामीले राम्रोसँग ग्रहकको आवश्यकता पूरा गरेका छौं’ सोरेनले भने ‘हामीले मुस्किल र अन्जान कुराहरुसँग जुध्नुपर्यो ताकि हामे सप्लाइ चेन, क्षमता आदि प्रभावित नहोस् ।’

११७ वर्षको इतिहासमा कम्पनीले पछिल्लो त्रैमासिकमा सबैभन्दा धेरै मुनाफा कमाएको छ । विश्वव्यापी संकटको क्रममा पनि कम्पनीले आफ्नो आपूर्ति श्रृंखला बढाएको थियो । तेस्रो त्रैमासिकको नाफा चौगुना बढेर ५.९ अर्ब डलर भन्दा धेरै भएको छ । सामान ढुवानीको लागि कन्टेनरको उपयोग आफ्नो रेकर्ड स्तरमा पुगेको छ । यससँगै कम्पनीको अपेक्षा पनि बढेको छ । अधिकारीहरुका अनुसार चौथो त्रैमासिकमा नाफा अझै बढ्नेछ । यो त्रैमासिकमा नाफा ६ देखि ७ अर्ब डलर हुने अनुमान गरिएको छ ।

यो वर्ष मार्सकका लागि यतिसम्म उत्साहजनक रह्यो कि उसले कैयौं रेकर्ड तोडेको छ । सिडबैंक विशेषज्ञ मिकेलका अनुसार डेनमार्कको इतिहासमा कुनै पनि कर्पोरेट कम्पनीले यति धेरै नाफा कमाएको थिएन जति नाफा मार्सकले कमाएको छ । मार्सकले गत वर्ष पनि आफ्ना धेरैजसो कर्मचारीलाई १ हजार डलर बोनस दिएको थियो । त्यतिबेला उसले २.९ अर्ब डलर नाफा कमाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *