नेपालको सीमाछेउमै अफ्रिकी देशबाट आएका ५ जना संक्रमित, ओमिक्रोनको पुष्टि गरिँदै

डिसी नेपाल
१९ मंसिर २०७८ १६:४८

काठमाडौं। कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टको त्रासका बीच नेपालको सीमा नजिकै भारतको बिहारमा अफ्रिकी देशबाट आएका ५ जना कोरोनाभाइरस संक्रमित देखिएका छन् । बिहारको गोपालगंजमा अफ्रिकी देशहरुबाट आएका ५ जना संक्रमित पाइएका हुन् । गोपालगंजदेखि वीरगंजसम्मको दूरी केवल ९० किलोमिटर छ ।

आइतबार यी ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यी सबै ओमिक्रोन भेरिएन्टबाट प्रभावित अफ्रिकी देशहरुबाट आएको हुनाले उनीहरु सबैको नमूना ओमिक्रोन भए नभएको पुष्टिका लागि पठाइएको छ । उनीहरु कुन–कुन देशबाट आएका थिए भन्ने पनि स्पष्ट भएको छैन । आइएएनएसको रिपोर्टमा जिल्ला प्रशासनको हवाला दिँदै पाँचै जनालाई अब्जर्भेसन सेन्टरमा आइसोलेट गरिएको बताइउको छ । उनीहरुको नमूना जीनोम सिक्वेन्सिङको लागि पठाइएको छ ।

यसअघि दिल्लीमा पनि ओमिक्रोनको पहिलो केस पुष्टि भएको थियो । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले संक्रमित तान्जानियाबाट आएको बताए । विमानस्थलमा जाँचपछि उनी ओमिक्रोन संक्रमित भएको थाहा भएको थियो । उनलाई दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ । यसअघि शनिबार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका थिए । मुम्बइ र बैंगलुरुमा पनि ओमिक्रोन संक्रमित भेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *