इरानको परमाणु प्लान्ट नजिकै विष्फोट, इरान सरकारले भन्यो – मिसाइल परीक्षण

डिसी नेपाल
१९ मंसिर २०७८ १७:१४

काठमाडौं। इरानको एस्फाहन प्रान्तमा रहेको नतांज परमाणु संयन्त्रको नजिकै शनिबार स्थानीय समयअनुसार बेलुका एक विष्फोट भएको पुष्टि भएको छ । स्थानीयका अनुसार यो एक शक्तिशाली विष्फोट थियो जसबाट केही समयको लागि आकाश प्रकाशले भरिएको थियो ।

इरानको सरकारी मिडियाले यसलाई डिफेन्स ड्रिल बताउँदै तत्काल कारवाही गर्ने क्षमताको आंकलनको लागि एक डिफेन्स ड्रिल अन्तर्गत मिसाइल लञ्च गरिएको बताएको छ । इरानी सेनाका प्रवक्ता शहीन ताकिखनीले यो ड्रिल सावधानीपूर्वक गरिएको र चिन्ताको कुनै कुरा नभएको बताएका छन् ।

उनले भने ‘तत्काल कारवाही गर्ने क्षमताको आंकलनको लागि यस क्षेत्रको मिसाइल डिफेन्स सिस्टमबाट एउटा मिसाइल छोडिएको थियो । यो परीक्षणको उद्देश्य यस क्षेत्रका तयारीहरुको आंकलन गर्नुथियो । यस किसिमको ड्रिललाई सुरक्षित ढंगले सम्पूर्ण सुरक्षा तन्त्रको समन्वय एवं सावधानीपूर्वक गरिन्छ र यसबाट चिन्ताको कुनै कुरा छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *