युरोपको एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ

डिसी नेपाल
१९ मंसिर २०७८ १७:२०

रोम । तपाई कति मूल्य पर्ने घरमा बस्नुहुन्छ ? सामान्यतया कुनै पनि घरको मूल्य तपाई बस्ने ठाउँमा निर्भर हुन्छ । गाउँको घरको मूल्य तुलनात्मक रुपमा सहरको भन्दा सस्तो हुन सक्छ । तर, युरोपमा एउटा सहर छ, जहाँको घरको मूल्य सुन्दा तपाई आश्चर्य पर्नु हुन्छ । सन्दर्भ युरोपको केन्द्र इटालीको हो, जहाँ घर किन्न केबल एक युरो भए पुग्छ । नेपालीमा हिसाब गर्दा त्यस्तै १३५ रुपैयाँ हुन ‌आउँछ ।

हो इटालीको भूमध्य सागरनजिक सार्ड्निियास्थित ओलोलाई भन्ने सहरमा एक यूरोमा घर किन्न पाइन्छ । युरोपका जुनसुकै देशका मानिसले यहाँ घर किन्न सक्दछन् । यो किन्ने क्रम पनि जारी छ । सरकारले एक युरोमा घर किन्ने भनेपछि धेरै मानिसहरुको ध्यान यो सहरतर्फ मोडिएको छ ।

धेरै वर्ष पहिले ओलोलाइमा बाक्लो बस्ती थियो । भौतिक विलासिता र अन्य सुविधाको खोजिमा बिस्तारै मानिसहरु ओलोलाईबाट अन्य सहरमा बसाइ सरेर जान थाले, जसका कारण कुनै बेला घना बस्ती रहेको सहरको जनसंख्या अहिले निरन्तर घटिरहेको छ ।

बारम्बार मानिसहरु बसाइँ सरेपछि यहाँका घरहरु खाली भएका छन् । कुनै बेला लाखौं जनसंख्या रहेको ओलााईमा पछिल्लो ५० वर्षमा घटेर एक हजार ३०० जनामा खुम्चिएको छ । जनसंख्या घटेर शहर नै सुनसान हुन थालेपछि सरकारले सित्तैमा घर दिएर पुन बस्ती बसालेको हो । सहरमा सयौं पुराना खाली घर छन् ।

घर किन्नुअघि क्रेताले एउटा शर्त भने पालना गर्नै पर्छ । एक युरोमा घर किनिसकेपछि क्रेता अ‌ाफैले सो घरको मर्मत गर्नुपर्छ । मर्मतका लागि सरकारले निश्चित रकम नै तोकेको छ । मर्मत नगरे घर फिर्ता गर्नुपर्छ । निस्शुल्क घर पाइने भएपछि मानिसहरुले एक दुई दर्जन घर किनेर जम्मा गरेको बताईन्छ । केही मानिसहरुले घर किन्ने तर त्यसको स्याहार सम्भार नगरेपछि पछिल्लो समय सरकारले मर्मत खर्च पनि एकै पटक तिर्न भनेको छ ।

मर्मत खर्च अग्रीम तिरेपछि सर्वसाधारणहरु केही वर्ष सोही घरमा बस्ने सरकारको विश्वास छ ।

घर मर्मतका लागि सरकारले तीन वर्षको समयावधि तोकेको छ । अहिलेसम्म युरोपेली देशका नागरिकहरुले सो सहरका सयौं घर किनेका छन् ।

सस्तोमा घर पाइन थालेपछि युरोपबाहेकका मानिसहरुको पनि सो सहरतर्फ आकर्षण बढेको इटालीका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *