भारतमा ‘ओमिक्रोन’ संक्रमितको संख्या २१ पुग्यो

डिसी नेपाल
१९ मंसिर २०७८ २२:३८

काठमाडौं। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या २१ पुगेको छ ।

भारतमा तीव्र रुपमा फैलिन थालेको ओमिक्रोन आइतबारमात्रै महाराष्ट्रमा ९, राजस्थानमा ८ र दिल्लीमा १ जनामा देखा परेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यसअघि कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सुरुमा दक्षिण अफ्रिकामा देखा परेको ओमिक्रोन भारतमा पनि फेला परेसँगै तीव्र रुपमा फैलिन थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *