अमेरिकामा दास प्रथा अन्त्यदेखि आइरिस स्वतन्त्र राज्य घोषणा

डिसी नेपाल
२० मंसिर २०७८ ६:२१
आज ६ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र
सन् १९७७ मा दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र भएको थियो । तर, वोत्स्वाना गणतन्त्रले कहिल्यै पनि अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन । सन् १९४४ मा भएका शृंखलाबद्ध कुपछि यो दक्षिण अफ्रिकासँग मिसिएको थियो ।

पहिलो पटक बच्चाको मुटु प्रत्यारोपण

सन् १९६७ मा पहिलो पटक बच्चाको मुटुको सफल प्रत्यारोपण भएको थियो । दक्षिण अफ्रिकामा पहिलो पटक  विश्वमा नै पहिलो प्रत्यारोपणपछि अमेरिकामा पहिलो पटक बालकको मुटुको प्रत्यारोपण भएको थियो । डा. एड्रियन क्यान्ट्रोविज र उनको समूहले ब्रुकलाईनस्थित मिमोनाईड्स मेडिकल सेन्टरमा मुटु प्रत्यारोपण गरेको थियो ।

अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा

सन् १९२२ मा अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा गरिएको थियो । ब्रिटीश र अ‌इरिस प्रतिनिधिबीच सन् १९२१ मा भएको एउटा सन्धीपछि डोमिनेशन अफ ब्रिटीश शासन स्थापना संभव भएको थियो । सो राज्य सन् १९३७ सम्म अस्थित्वमा अ‌ाएको थियो ।

 फिनल्यान्डको स्वतन्ता

सन् १९१७ मा फिनल्यान्ड स्वतन्त्र भएको थियो । उत्तरी युरोपेली देश फिनल्यान्ड सन् १८०९ मा रसियाली शासनको नियन्त्रणमा थियो । रसियाको अक्टोबर क्रान्तिपछि सोभियत युनियन खडा भएसँगै फिनल्यान्डको संसदले स्वतन्त्रता घोषणा गरेको थियो ।

अमेरिकामा दास प्रथा अन्त्य

सन् १८६५ मा अमेरिकी संविधानको १३ आ‌ै संशोधन भएको थियो । संशोधनसँगै अमेरिकामा दास प्रथा अन्त भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *