सप्तरीमा कोरोनाविरुद्ध भ्याक्सिन नलगाएका कारण मृत्यु दर बढ्दै

डिसी नेपाल
२० मंसिर २०७८ १०:४५

सप्तरी।  मंसिर पहिलो हप्ता सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ का २४ वर्षीय एक युवकको कोरोना संक्रमित भएकै कारणले मृत्यु भयो।
कोरोना बिरूद्धको भ्याक्सिन नलगाएकै कारण कोरोना संक्रमित भएर उनको मृत्यु भएको स्थानीयले बताएका छन्।

गम्भिर बिरामी भएका उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ (पिसिआर) जाँच गर्दा पोजेटिभ देखियो। गम्भीर अवस्थामा रहेको उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला बिज्ञान प्रतिष्ठान लग्ने क्रममा बाटैमा मृत्यु भएको थियो।

उनले भ्याक्सिन लिने अवसर नपाएकोले ज्यान गुमाउनु परेको उनको छिमेकी रिता यादवले बताइन्। यादवका अनुसार उनले भ्याक्सिन लिन पाएको भए उनको ज्यान यसरी जादैनथ्यो।

सप्तरीकै बलानबिहुल गाउँपालिका २ चनहीका ३५ वर्षीय गुप्ता थरका एक पुरुष इन्जिनिए संक्रमित भए । परिवारका सबै सदस्यले कोरोना भाइरस बिरूद्धको भ्याक्सिन लगाए। तर उनले भ्याक्सिनले साइड इफेक्ट हुने डरले उनले भ्याक्सिन लगाउन मानेनन्।

गत कार्तिक २४ गते उनलाई ज्वरो आएको थियो। कोरोनाको लक्षणसहित दुई दिन लगातार ज्वरो आएपछि उनले पिसिआर जाँच गराउँदा पिसिआर पोजेटिभ आएको उनकै परिवार बताउँछन्।

उनले डाक्टरकाे सल्लाहमा औषधि खाए तर पनि उसको ज्वरो निको भएन। उनी दिनदिनै कमजोर हुँदै गए र गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भए। चार दिनसम्म अस्पतालमा भर्ना हुँदा पनि सुधार आएन।

अक्सिजन लेभल ६०/६५ मा झरेको थियो।  उनी झन् कमजोर भए। उनलाई स्वास लिन गाह्राे भयो। थप उपचारका लागि जिल्ला बाहिर लैजाने कुरा भयो। उनी तत्कालै जिल्ला बाहिर जान मानिरहेका थिएनन्। उनकी स्वास्थ्यकर्मीसमेत रहेकी दिदीको ढिपीले बल्लतल्ल एम्बुलेन्समा उनलाई बिराटनगर लगियो।

उनको कोसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार शुरू भयो। उनकी दिदीले भनिन् , ‘अवस्था एकदमै गम्भीर थियो। हामी चिन्ताले परिवारका सदस्यहरू तिन दिनसम्म रोएर बस्यौं।’

‘अवस्था गम्भीर थियो भाइ धेरै डराएको देखेर हाम्रो पनि होस उडेको  थियाे, उनले थपिन् ,‘भेन्टिलेटमा भएसम्म हामी कसरी बस्यौं ? के गर्यौं हामीलाई थाहा छैन्।भगवानले यस्तो दुस्ख कसैलाई नदिउन।’

एक हप्तापछि अवस्थामा सुधार हुँदै आएपछि भेन्टिलेटरबाट बाहिर आएपछि उनलाई डिसचार्ज गरिएको थियो।उनको कोरोना निगेटिभ लगभग एक महिनामा मंसिर २० गते आएको गुप्ताका भिनाजुले बताए।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकअनुसार अहिले पनि यस जिल्लाको कुल जनसंख्याको ७४ प्रतिशत नागरिकले कोरोना बिरूद्धको खोप लगाउन पाएका छैनन्। जिल्ला खोप लगाउँन २०७७ साल माघ १५ गतेदेखि शुरू गरिएको थियो।

कार्यालयका प्रमुख दुनियाँलाल यादवले भने,‘खोपको आवश्यक्ता र माग अनुसार खउपलब्ध हुन नसकेकोले समस्या भएको हो।’ गजेन्द्रनारायण सिंह अस्पतालका मेसु रंजित झाका अनुसार पनि अहिले कोरोना पोजेटिभ भएर निको हुनेको संख्या उच्च भएपनि खोप नलिनेहरूको ज्यान झन जोखिममा रहेका छ।

‘कोरोना सम्बन्धित आवश्यक बजेट नआएकोले नै कोरोनाका लागि खटाएको कर्मचारीको समय अबधि बढाउँन नसक्दा कोरोना सम्बन्धि हरेक क्षेत्र प्रभावित भएको छ,’ डा. झाले भने।

कर्मचारीको अभावमा (पिसिआर) परिक्षण पनि प्रभावित भएको उनको भनाइ रहेको छ। यस समन्धमा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले फेरिपनि कोरोना तिव्र गतिमा बढिरहेको जानकारी हुँदाहुँदै पनि स्थानियले यसबाट बच्न कुनै स्वास्थ्य मापदण्ड नअपनाइएको बताए।

उनले भने, ‘यहाँ कुनै सामाजिक दुरी नै कायम गरेको पनि देखिँदैन। खोप पनि हानेको पनि छैन। ज्वरो आएर कोरोनाको लक्षण देखिदा पनि (पिसिआर) सहज परिक्षण हुन नसक्दा परिक्षण तिर कसैको ध्यान पुगेको छैन।’

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पनि मंसिर पहिलो हप्तामा छिन्नमस्ता गाउँपालिकाका मृत्युु भएका परिवारका तीन जना र रूपनी गाउँपालिकाका १ जना कोरोना पोजेटिभ रहेका छन्।

उनीहरूको होम आईसोलेसनमा उपचार हुँदैछ ।सप्तरी जिल्लामा कोरोना संक्रमणकै कारण हालसम्म मृत्यु भएको संख्याा १ सय ५६ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *