अमेरिकाले भारतमाथि आर्थिक प्रतिबन्ध लगाउने आधार आज झनै बलियो हुन सक्ने

डिसी नेपाल
२० मंसिर २०७८ १०:४४

काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदैछन् । पुटिनको एक दिने भ्रमणमा कैयौं क्षेत्रमा दुई देशबीच सम्झौता हुन सक्ने बताइएको छ । यी सम्झौताले अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने आधार झनै बलियो हुन सक्ने सम्भावना छ । भारतले यसअघि नै रुसमा एस–४०० मिसाइल डिफेन्स सिस्टम किन्ने सम्झौता गरेपछि अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने अवस्था आएको छ ।

अमेरिकाको एउटा कानुनअनुसार रुसको अत्याधुनिक हतियार किन्ने देशलाई अमेरिकाले आर्थिक प्रतिबन्ध लगाउन सक्छ । अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने हतियारहरुमध्ये एस ४०० मिसाइm डिफेन्स सिस्टम पनि हो जुन हतियार भारतले किनेको छ । यसअघि नै अमेरिकाले कुनै देशलाई प्रतिबन्धमा छुट दिने कानुनी व्यवस्था नभएको भन्दै भारतलाई छुट नदिने संकेत गरिसकेको छ । अमेरिकाले एस ४०० किनेकै आधारमा नेटोको सदस्य राष्ट्र टर्कीमाथि समेत प्रतिबन्ध लगाएको छ ।

भारतीय मिडियाका अनुसार आज पुटिनको भ्रमणको क्रममा भारतले रुससँग एस ५०० वा एस ५०० एसएएस मिसाइल डिफेन्स किन्ने सम्झौता समेत गर्ने सम्भावना छ । यो भारतले किनिसकेको एस ४०० मिसाइल डिफेन्स सिस्टम भन्दा अझै घातक र उन्नत छ । यदि भारतले यो मिसाइल डिफेन्स सिस्टम समेत किन्ने सम्झौता गरेमा अमेरिकाले भारतलाई प्रतिबनध लगाउने आधार झनै बलियो हुनेछ ।

पुटिन सोमबार बिहान भारत आउँदैछन् । उनी आजै बेलुकी मस्को फर्किनेछन् । आज पुटिनको भ्रमणको क्रममा धेरै सम्झौता हुन सक्ने भएकोले अमेरिकाले पनि यो भ्रमणको गम्भीर निगरानी गर्नेछ । मिडिया रिपोर्टका अनुसार पुटिनको यो भ्रमणमा व्यापार, ऊर्जा, संस्कृति, रक्षा, अन्तरिक्ष र प्रविधिका क्षेत्रमा करिब १० सम्झौता हुन सक्छन् । रक्षा क्षेत्रका सम्झौतामा विश्वको विशेष ध्यान केन्द्रित हुनेछ । यसअघि नै भारतले रुससँग गरेका २ सम्झौताले अमेरिकालाई आक्रोशित बनाएको छ ।

यी २ सम्झौतामध्ये पहिलो सम्झौता हो रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किन्ने र दोस्रो हो उत्तर प्रदेशको अमेठीमा एके–२०३ राइफलको उत्पादन गर्ने । एके २०३ राइफल रुसमा मात्र उत्पादन हुने गरेकोमा यो सम्झौतापछि पहिलो पटक रुसबाहिर भारतमा यो राइफलको उत्पादन भइरहेको छ । भारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किनेपभिारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किनेपछि नै अमेरिकी दबाब बढिरहेकोमा अब एस ५०० किनेपछि अमेरिकाको प्रतिक्रिया के हुन्छ भन्ने चासोको विषय बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *