कोरोना महामारी सुरु भएको २ वर्ष बितिसकेपछि अहिले बल्ल भेटियो देशकै पहिलो केस

डिसी नेपाल
२० मंसिर २०७८ ११:३१
3.0k
Shares

काठमाडौं। कोरोनाभाइरस महामारी सुरु भएको करिब २ वर्ष बितिसकेको छ । यो महामारी लगभग विश्वका सबै देशहरुमा पुगिसकेको छ । तर, विश्वमा यस्तो देश पनि थियो जहाँ २ वर्षसम्म यो महामारी पुग्न सकेको थिएन । यो देशमा अहिले बल्ल कोरोना संक्रमणको पहिलो केस भेटिएको छ ।

दक्षिणी प्रशान्त महासागरमा रहेको देश कुक आइल्याण्डमा अहिले बल्ल पहिलो केस भेटिएको एबीसी न्यूजले जनाएको छ । यो केस शनिबार भेटिएको हो । लगातार खोप अभियान चलाइरहेको र सीमामा कडा सुरक्षाका कारण यो देशमा अहिलेसम्म एउटा पनि केस भेटिएको थिएन । पछिल्लो समय धेरै देशहरुले सीमामा खुकुलो पार्दै गएको अवस्थामा यो देशले पनि सीमा खुकुलो पार्ने तयारी गरिरहेको थियो । यही बेला पहिलो केस भेटिएको हो ।

यो देशको जनसंख्या करिब १७ हजार छ । यहाँ खोप लगाउनेको दर विश्वमै सबैभन्दा बढी छ । यहाँ ९६ प्रतिशत जनताले कोरोना खोपको पूरा डोज लगाइसकेका छन् । प्रधानमन्त्री मार्क बउनले एक बयान जारी गर्दै बिहीबार आफ्नो परिवारको साथमा विदेशबाट आएका १० वर्षका एक बालक संक्रमित पाइएको बताएका छन् ।

यी बालक न्यूजिल्याण्डबाट आएको बताइएको छ । यो देशमा कोरोनाभाइरसबाट बचाउको लागि यात्रामा रोक लगाइएको थियो । यो देशले १४ जनवरीदेखि न्यूजिल्याण्डसँग यात्रा सुरु गर्ने घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *