राइफल बाेकेकाे तस्विर ट्विट गरेपछि यस्ताे विवादमा तानिए अमेरिकी सांसद

डिसी नेपाल
२० मंसिर २०७८ १४:३३
232
Shares

न्युयाेर्क। राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन्।

विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले गाेली बाेकेकाे तस्विर उनले ट्विट गरेका थिए। केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थाेमस मासीले ट्विवटरमा साे फाेटाे पाेस्ट गरेपछि उनी विवादमा तानिएका थिए । म्यासीले साे तस्विर ट्विट गर्दै लेखेका थिए: मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ।

बन्दुक अ‌ाक्रमणका पीडितले साे पाेस्टकाे निन्दा गरेका छन् । उनी संवेदनहीन भएकाे ट्विटरका प्रयाेगकर्ताले अ‌ाराेप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिराे भएकाे कतिपयले गुनासाे गरेका छन् ।

मिसिगनकाे एउटा विद्यालयमा भएकाे गाेली कान्डकाे पृष्ठभूमिमा साे फाेटाे पाेस्ट गरिएकाे छ । साे गाेलीकान्डमा चार जना किशाेरकाे मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुकाे बन्दुक बाेकेर विद्यालयमा अन्धाधुन्दा गाेली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे छ।

अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला साे घटना भएकाे थियाे ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *