श्रीलंकाली नागरिकको हत्या हुँदा त्यहीँ भएका एक जनालाई राष्ट्रिय सम्मान, इमरानले गरे सलाम

डिसी नेपाल
२० मंसिर २०७८ १४:४३

काठमाडौं। पाकिस्तानको सियालकोटमा श्रीलंकाली नागरिक प्रियंथा दियावदाना कुमाराको भिडले शुक्रबार हत्या गरेको थियो । घटनाका बेला घटनास्थलमै भएका एक जना पाकिस्तानी नागरिकलाई राष्ट्रिय सम्मान तमगा–ए–शुजात दिइने भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो सम्मानको घोषणा गरेका छन् । यी पाकिस्तानी नागरिक सोही फ्याक्ट्रीका कर्मचारी हुन् जसले भिडले आक्रमण गर्दा प्रियंथालाई बचाउने प्रयास गरेका थिए ।

मलिक अदनान नामका यी कर्मचारीले प्रियंथालाई बचाउने निकै प्रयास गरेका थिए तर उनको प्रयास विफल भयो र भिडले प्रियंथालाई कुनेर मारे त्यसपछि उनको शव जलाइदिए । आइतबार प्रधानमन्त्री इमरान खानले यी व्यक्तिलाई राष्ट्रिय सम्मान दिने घोषणा गरेका हुन् । यो श्रीलंकाको चौथो सबैभन्दा ठूलो सम्मान हो । मलिक अदनानले एक स्थानीय मिडियासँग कुरा गर्दै आफूले मानवतालाई बचाउने प्रयास गरिरहेको बताएका छन् ।

राजको इण्डष्ट्रिजमा प्रोडक्सन म्यानेजर मा प्रोडक्सन म्यानेजर मलिक अदनानको प्रियंथालाई बचाउने प्रयास गरिरहेको एउटा भिडियो शनिबार भाइरल भएको थियो । यो भिडियोमा भिड फ्याक्ट्रीका म्यानेजर प्रियंथामाथि खनिएको छ तर रातो स्वेटर लगाएका एक्ला व्यक्तिले उनलाई बचाउने प्रयास गरिरहेको देखिएको छ । भिडियोमा अदनानले भिडसँग प्रियंथालाई छोडिदिन बिन्ती गरिरहेका छन् र उनीमाथि भइरहेको आक्रमणलाई आफ्नो टाउको र शरीरको माथिल्लो भागले रोक्ने प्रयास गरिरहेका छन् ।

भिडियोमा अदनानले केही बेरपछि प्रियंथामाथि पूरै झुकेर उनलाई कभर गर्ने प्रयास गर्छन् । तर, भिडले प्रियंथालाई छतबाट तल फ्यांक्नको लागि अदनानबाट खोस्ने प्रयास गर्छन् । भिडियोमा भिडले प्रियंथालाई ‘यो आज बच्दैन’ भन्दै गरेको सुनिन्छ । यो घटनाको अर्को भिडियो पनि सार्वजनिक भएको छ जुन फ्याक्ट्रीको भित्र खिचिएको छ । यो भिडियोमा अदनानले फ्याक्ट्रीका कर्मचारीलाई मनाउने प्रयास गरिरहेका छन् । सामाजिक संजालमा केहीले गरेको दावीअनुसार अदनानले भिडलाई ४५ मिनेटसम्म रोकेका थिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार अदनानको नैतिक साहस र बहादुरीलाई सलाम गरे र उनले आफ्नो जीवन दाउमा राखेर प्रियंथालाई बचाउने कोसिस गरेको बताए । प्रधानमन्त्रीले अदनानलाई देशको चौथो ठूलो बहादुरी पुरस्कार तमगा–ए–शुजाद दिइने घोषणा गरे । प्रधानमन्त्रीले ट्वीट गर्दै भने ‘देशको तर्फबाट म मलिक अदनानको नैतिक साहस र बहादुरीलाई सलाम गर्न चाहन्छु जसले सियालकोटमा आक्रोशित भिडबाट प्रियंथा दियावदनालाई बचाउने पूरा कोसिस गरे । उनले पीडितलाई बचाउन शारीरिक रुपमा आफ्नो ज्यानको बाजी राखे । हामी उनलाई तमगा–ए–शुजात पुरस्कार दिनेछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *