५१ लाख अक्षयकाेषसहित साहित्यकार दाहाल यज्ञनिधिका नाममा संस्था स्थापना

डिसी नेपाल
२० मंसिर २०७८ १४:४९

काठमाडौं। साहित्यकार एवं लाेकप्रिय रेडियो प्रस्तोता दाहाल यज्ञनिधिकाे नाममा साहित्यिक, सामाजिक संस्थाकाे स्थापना गरिने भएकाे छ। ५१ लाख रूपैयाँ अक्षयकाेष सहित दाहाल यज्ञनिधि-सुधा सदनकाे स्थापना गरिने भएकाे हाे।

साहित्यकार दाहालकी धर्मपत्नी सुधा दाहालकाे अध्यक्षतामा गठित उक्त संस्थामा डा.रमेश शुभेच्छुक- उपाध्यक्ष, ठाकुर बेलवासे -सचिव र नन्दराज पाेखरेल काेषाध्यक्ष रहेका छन्।

यस्तै सदस्यहरूमा साहित्यकार डा.विष्णु राई , गायिका लाेचन भट्टराई, साहित्यकार निलम कार्की निहारिका, पत्रकार दिनेश लुइँटेल र जिवनिधि दाहाल रहेका छन्।

संस्थाकाे संरक्षकमा दाहालकी माता कृष्णकुमारी दाहाल रहेकी छिन्। सामाजिक अभियान्ता समेत रहेका साहित्यकार दाहालकाे निधन २०७५ साउनमा भएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *