२६५ जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु – Dcnepal

२६५ जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ११४ जनामा पीसीआर परीक्षण गरिएकोमा २३८ जनामा र १ हजार ५०३ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ३८६ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो