कोभिड चुनौतीको बाबजुद भारत-रूस सम्बन्धको विकासको गतिमा कुनै परिवर्तन छैनः मोदी

डिसी नेपाल
२० मंसिर २०७८ २३:०१
88
Shares

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ महामारीले खडा गरेको चुनौतीहरूको बाबजुद पनि भारत-रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका छन्।

रूसी राष्ट्रपति सँग सोमबार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देश बीचको ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ अझै बलियो हुँदै गइरहेको टिप्पणी गरेका छन्। ‘कोभिड-१९ द्वारा उत्पन्न चुनौतीहरूको बावजुद, भारत-रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन आएको छैन। हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको छ,’ उनले भने।

२१औँ भारत-रुस वार्षिक शिखर सम्मेलन यहाँ हैदरावाद हाउसमा हुँदैछ। सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो।

रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो । यसअघि दुई देशबीच पहिलो पटक २+२ मन्त्रीस्तरीय वार्ता भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *