हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

डिसी नेपाल
२१ मंसिर २०७८ ६:४८

इस्लामाबाद। पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ। बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो।

दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *