सीइओले जूम बैठक गरेर ९०० कर्मचारीलाई जागिरबाट निकाले, आफ्नो निर्णयबाट आफै दुःखी

डिसी नेपाल
२१ मंसिर २०७८ १२:०४

न्युयोर्क । भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइअ‌ाे विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस अ‌ाउनु केही दिनअघि उनले गरेकाे निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् ।

सीबीएस न्युजका अनुसार कर्मचारीकाे कार्यसम्पादन चित्तबुझ्दाे नभएकाे र बजारमा देखिएकाे परिवर्तनका कारण अ‌ाफू कठाेर निर्णयमा पुगेकाे गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

अ‌ाफ्नाे निर्णयबाट अ‌ाफै दुखी भएकाे उनले बताएका छन् । ‘पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेकाे फर्चुन म्यागेजिनले पुष्टि गरेकाे छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *